नियम ९
कोषको सञ्चालन
(१) कोषमा प्राप्त हुने रकम अध्यक्षको निर्देशन बमोजिम कल्याणकारी योजना निर्देशनालयले प्रचलित कानून बमोजिम नेपाल राष्ट्र बैङ्कबाट इजाजतपत्र प्राप्त कुनै बैंङ्क वा वित्तीय संस्थामा खाता खोली जम्मा गर्नु पर्नेछ र सोको
जानकारी समितिलाई दिनु पर्नेछ । तर यसरी खाता खोली रकम निक्षेप गर्दा अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैङ्कबाट समय समयमा जारी गरिएका निक्षेप सम्बन्धी नीति र निर्देशन तथा त्यस्ता बैङ्क तथा वित्तिय संस्थाहरूको आर्थिक सवलता समेतलाई हेरी सोको परिधि भित्र रही गर्नु पर्नेछ ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि ऐनको दफा २९ को उपदफा (२) को खण्ड (क) वा अन्य स्रोतबाट कोषको नाममा प्राप्त हुने विदेशी मुद्रालाई समितिको स्वीकृति लिई कल्याणकारी योजना निर्देशनालयले प्रचलित कानून बमोजिम विदेशी मुद्रामै स्वदेश स्थित बैङ्कमा खाता खोली राख्न सक्नेछ ।
(३) कोषको खाता सञ्चालन अध्यक्ष वा निजले तोकेको बलाध्यक्ष र कल्याणकारी योजना निर्देशनालयको निर्देशक वा प्रमुख सेनानीको संयुक्त दस्तखतबाट हुनेछ ।